बागमती प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

तु खबर संवाददाता
२०७७ मंसिर १२, शुक्रबार १०:५२
File Photo

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

काँग्रेसको तर्फबाट बागमती प्रदेशमा प्रतिनिधित्व गरेका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

उनीहरुले दशैँ भत्तावापत पाउने रु ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट रु एक लाख चार हजार ४०० हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको उनीहरुको भनाइ छ ।

यसअघि काँग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसकेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*