‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज पक्राउ

तु खबर संवाददाता
२०७७ मंसिर ४, बिहीबार १७:३०

बुटवल । विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट विफोस्टक पदार्थ र पार्टीको दस्तावेज बरामद गरेको छ ।

पक्राउपछि उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*