पछिल्लो २४ घण्टामा बागमतीका ६ सहित ९ जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन २०, मंगलवार १७:००
file-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको छ।

संक्रमणबाट सबैभन्दा धेरै बागमती प्रदेशमा मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५९ वर्षिय, ६० वर्षिय, ललितपुरका ६७ वर्षिय र चितवनका ६० वर्षिय महिला रहेका छन् ।

यसैगरी, प्रदेश १ मा तेह्रथुमका ३७ वर्षीय र सुनसरीका ६४ वर्षीय पुरुष गरी २ जना र नवलपरासीपूर्वका ७७ वर्षीया एक महिलाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ३४० जना डिस्चार्ज भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*