प्रदेश ५ को स्थायी राजधानी देउखुरी कायम

तु खबर संवाददाता
२०७७ आश्विन २०, मंगलवार १६:०४

बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी कायम भएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट स्थायी राजधनी देउखुरी कायम भएको हो ।

प्रदेशसभाको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतले प्रदेश ५ को राजधानी देउखुरी कायम भएको हो ।

भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेसँगै  सभामुख पूर्ण बहादुर घर्तीले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।

उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहेका थिए ।

अब प्रदेशको नाम टुंगो लगाउने विषयमा मतदान प्रकृया शुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*