पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या कति पुग्यो ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना भाइरस (कोभिड–१९ं) संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा २ महिला र ५ पुरुष गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेश १ मा सुनसरी र मोरङका ६०÷६० वर्षीय दुई पुरुष, प्रदेश नं. २ मा सप्तरीका ३९ वर्षीय पुरुष, बागमती प्रदेशमा काठमाडौंका ३४, ८६ वर्षीय दुई महिला र ५४ वर्षीय पुरुष, प्रदेश नं. ५ मा रुपन्देहीका ८२ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
