मनहरी २ नक आउट फुटबल प्रतियोगिता: घट्टेपाखा टिम प्रथम
मकवानपुर । मकवानपुरको मनहरी गउँपालिका वडा नम्बर २ मा कार्तिक ६ गतेदेखि भएको नक आउट फुटबल प्रतियोगितामा घट्टेपाखा टिम प्रथम भएको छ ।
बुधबार भएको फाइनल खेलमा हरियाली युवा क्लब (टाँडी) लाई १ गोलको अन्तरले पराजित गर्दै घट्टेपाखा टिम प्रथम भएको हो ।
सृजनशिल युवा समुह (मेलटोल) को आयोजानमा भएको उक्त प्रतियोगितामा हरियाली युवा क्लब (टाँडी) द्धीतिय भएको छ । ६ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुने भनिएता पनि विषेश कारणले १२ गतेसम्म खेल भएको थियो ।
विजयादशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा मनहरी २ को त्रिरत्न प्रा.विको चौरमा भएको नकआउट फुटबल प्रतियोगिताको प्रथम टिमलाई बोका, दोस्रो टिमलाई पाठी र तेस्रो टिमलाई २ ओटा भाले प्रदान गरिएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा सृजनशिल युवा समुह ‘ए’ र ‘बि’, हरीयाली युवा क्लब टाँडी , उकाली ओराली युवा क्लब , जुनतारा खेल समुह, घट्टेपाखा समुह, च्यापल समुह, ठाडोखोला ‘ए’ र ‘बि’, ट्याङकीदमार समुह र तीनतले समुह गरी मनहरी २ भित्रैको युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सृजनशिल युवा समुहका मनहरी-२ का अध्यक्ष हर्कमान वाइबाको अध्यक्षता तथा मनहरी गाउँपालिका–२ का अध्यक्ष आनन्द घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
सो कार्यक्रममा श्री सिता मा.वि मनहरी २ का अध्यक्ष राजकुमार पाख्रिनले आयोजक टिमलाई २ ओटा फुटबल नेट हस्तान्तरण गरेका थिए ।
