बीमा पोलिसी बिक्री गर्दै दशैं मनाउँदै अभिकर्ता

तु खबर संवाददाता
२०७७ कार्तिक ११, मंगलवार ११:५१

काठमाडौं । दशैं हर्षोल्लासपूर्वक मनाइदैछ । बालबालिका तथा महिलाहरुको लागि दशैं सधैं विशेष हुने गर्दछ । यस वर्षको दशैं कोभिडका कारण केही कम चहल पहल भएपनि बीमा अभिकर्ताहरु भने बीमा पोलिसी बिक्री गर्दै बीमा व्यवसायमा रमाउँदै आएका छन् ।

दशैंको समयमा बालबालिका तथा महिलाहरुले दक्षिणबाटै हजारौं रुपैयाँ संकलन गर्ने गर्दछन् । अझ विवाहिता महिलाले माइतीबाट बार्षिक २० देखि ५० हजार रुपैयाँसम्म दक्षिणबाटै संकलन गर्द सक्दछन् । उक्त दक्षिणा मात्रै सदुपयोग गरिदिने हो भने १० देखि १५ लाख रुपैयाँको बीमा गर्न कुनै समस्या हुँदैन ।

त्यसैले पनि बीमा अभिकर्ताहरु यतिबेला बीमा पोलिसी बिक्री गर्दै दशैं मनाउन व्यस्त छन् । दशैं सकिनै लाग्दा आफूहरु बीमा व्यवसायमा निकै व्यस्त रहेको नेशनल लाईफ इन्स्योरेन्स नेपालगंजकी चीफ बिजनेश म्यानेजर तुलसी दर्शन बताउँछिन् । दशैं बिदा बुधबारदेखि सकिने र सबै बीमा कम्पनीका कार्यालयहरु खुल्ने हुँदा बीमा पोलिसी बिक्री सुरु हुने उनी बताउँछन् । कम उमेरमै जीवन बीमा व्यवसायबाट राम्रो आम्दानी गरेकी तुलसीले आर्थिक गतिविधि बढेकाले बीमा अभिकर्ताहरु बीमा नविकरण तथा नयाँ बीमा पोलिसी बिक्री गर्न ब्यस्त भएको अनुभव सुनाईन् ।

तुलसीले भनिन्, ‘अभिकर्ताहरु पनि डिजिटल माध्यम र टेलिफोनका माध्यमबाट दशैंमा समेत बीमाको कारोबार गर्दै आएका छौं ।’
नेपाल लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर दीपक बरालले दशैं मनाउँदै बीमा व्यवसाय गर्दै आएको बताए । उनले दशैंमा आर्थिक गतिविधि बढी हुने हुँदा बीमाको सम्भावित बजारको रुपमा दशैंलाई लिइने गरेको बताए । दशैंको समयमा हुने आर्थिक गतिविधि बृद्धिसँगै अभिकर्ताहरु बीमा पोलिसी बिक्री गर्न सक्रिय हुने गरेकोले कम्पनीहरुले समेत विभिन्न प्याकेजहरु ल्याएका छन् ।

एलआईसी नेपाल बनेपा शाखामा रहेर बीमा व्यवसाय गर्दै आएकी सिनियर एजेन्सी म्यानेजर मिना खड्का कटवालले दशैंमा हुने आर्थिक गतिविधिको मौकामा बचत गराउन बीमा अभिकर्ताहरु सक्रिय हुनु स्वाभाविक भएको बताउँछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*