आज दशैँको टीका , उत्तम साइत १० बजेर १९ मिनेट
मकवानपुर । नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको आज मूख्य दिन हो । आफुले मानेका अग्रजहरुको हातबाट नवदूर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर आजको दिन मनाउने गरिन्छ ।
दूर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा मान्यजनको हातबाट लगाउने प्रचलन छ । आज देवी विसर्जनको साइत विहान १० बजेर ११ मिनेटमा छ भने, टीका जमरा ग्रहण गर्ने उत्तम साइत १० बजेर १९ मिनेट रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दशैँ आफैँमा शुभदिन भएकोले टीका लगाउन कुनै साइत कुर्न नपर्ने विश्वाससमेत छ ।
