मकवानपुरको मनहरी–२ मा नकआउट फुटबल प्रतियोगिता सुरु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ मा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता सृजनशिल युवा समुहको आयोजानमा कात्तिक ६ गते बिहिबारबाट सुरु भएको हो ।
विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यम आयोजित उक्त प्रतियोगिता यही कात्तिक १० गतेसम्म हुने आयोजकले जनाएको छ ।
मनहरी २ को त्रिरत्न प्रा.वि.को चौरमा बिहिबारबाट सुरु भएको उक्त प्रतियोगिताको उदघाटन खेलमा तिनतल्ले युवा समुहले सृजनशील युवा समुहलाई पराजित गरेको छ । तिनतल्लेले सुजनशीललाई २–० अन्तरले पराजित गरेको हो ।
कार्यक्रम सृजनशील युवा समुहका अध्यक्ष हर्कमान वाइबाको अध्यक्षता तथा श्री सिता मा.वि. मनहरी–२ का अध्यक्ष राजकुमार पाख्रिनको प्रमुख अथितिमा भएको हो ।

कार्यक्रममा प्रमुख अथितिबाट आयोजक टिमलाई २ ओटा फुटबल नेट र हस्तान्तरण गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सृजनशिल युवा समुह ‘ए’ र ‘बि’ हरियली युवा क्वाब टाँडि, उकाली ओराली युवा क्वब, जुनतारा खेल समुह, घट्टेपाखा समुह, च्यापल समुह, ठाडोखोला ‘ए’ र ‘बि’, ट्याङकीदमार समुह र तिनतल्ले टोल समुह गरी मनहरी २ भित्रैको युवाहरु खेलमा सहभगिता हुने भएको आयोजाकले जनाएको छ ।
