नेकपाका सांसदले दसैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने

तु खबर संवाददाता
२०७७ कार्तिक ३, सोमबार १५:५५
file-photo

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैं खर्च लिएको भनि चौतर्फी आलोचना बढेपछि नेकपा ससदीय दलले सो निर्णय गरेको स्रोतले बतायो ।

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्रीले राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखलगायतसँग छलफल गरेर यस्तो निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङले सवैसँग सल्लाह गरेर संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका बेलामा पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दसैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

उनले केहीबेरमा प्रधानमन्त्रीले यसबारे वक्तव्य जारी गर्ने जानकारी पनि दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*