काँग्रेस हेटौंडा–४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाले गरे रगत दान
मकवानपुर । नेपाली काँग्रेस हेटौंडा ४ नम्बर वडा समितीको आयोजनामा हेटौंडामा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् । काँग्रेस हेटौंडा–४ ले छैठौं संविधान दिवसको अवसरमा आयोजना उक्त कार्यक्रममा ५२ जनाले रगत दान गरेका हुन् ।
कार्यक्रम ४ नम्बर पार्टी सभापति हरिप्रसाद पौडेलको अध्यक्षता तथा कार्यबाहक सभापति बिष्णु प्रसाद लामिछानेको प्रमुख आतिथ्यता भएको हो ।
कार्यक्रममा प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टी प्रबक्ता प्रदिप कोइराला, नगर सभापति आनन्दराम पराजुलीलगायत नेता कार्यत्रर्ताहरुको सहभागिता रहेको थियो ।
