पत्रकार शिवाकोटीले गरे तेजु स्मृति अक्षय कोषमा सहयोग

तु खबर संवाददाता
२०७७ श्रावण २८, बुधबार १६:०१

काठमाडौँ ।  नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले तेज बहादुर खड्का (तेजु) को स्मृती अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले स्वर्गिए पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा पत्रकार शिवाकोटीले मंगलबार दस हजार एक सय ११ रुपैंया जम्मा गरेका हुन् । उनि हाम्राकुरा डटकमका प्रधान सम्पादक समेत हुन् ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*