ओली समर्थक युवा तथा विद्यार्थीहरुले गरे हेटौंडामा प्रर्दशन

तु खबर संवाददाता
२०७७ असार २२, सोमबार १५:०२

मकवानपुर । प्रधानमन्त्री ओलीको समर्थनमा हेटौँडामा युवा र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीको नेतृत्वको सरकार यथावत रहनुपर्ने उनीहरुको माग छ ।

भारतको इसारामा नेकपाभित्रैबाट प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको भन्दै उनीहरुले शीर्ष नेताहरुलाई मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

युवा तथा विद्यार्थीहरुले बुद्धचोकबाट हेडम्बीचोक, पल्पसा रोड, संगमचोकलगायत विभिन्न स्थानमा प्लेकार्डसहित प्रर्दशन गरेका हुन् ।

पछिल्लो समय नेकपाभित्र  विवाद चलिरहेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य नेताहरुले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीको राजीनामाको माग गरेका छन् ।

प्रधानमन्त्री ओली भने दुबै पदबाट राजिनामा दिने पक्षमा छैनन् ।

नेताहरुको माग र ओलीको अडानले नेकपामा अझै केही दिन विवाद हुने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*