सोमबारको लागि तय भएको नेकपा स्थायी कमिटीको बैठक स्थगित

तु खबर संवाददाता
२०७७ असार २२, सोमबार १०:२४
file photo

काठमाडौं । आज सोमबारको लागि तय भएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी आज तय भएको बैठक स्थगित गरिएको हो ।

यसअघि पनि दुई दिनसम्म स्थायीकमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

नेकपा स्रोतका अनुसार, अब स्थायी कमिटीको बैठक यही असार २४ गते बुधबार ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।

आज बस्ने भनिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको राजीनामा माग्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*