बालुवाटारमा भएको नेकपा वार्ता सकियो : निस्किएन निष्कर्ष, भोलि फेरी बस्ने

तु खबर संवाददाता
२०७७ असार २१, आईतवार १५:०५
file photo

काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा नेताहरुबीच आइतबार भएको वार्ता कुनै पनि ठोस निर्णय नभइ सकिएको छ ।

आइतबार भएको वार्तामा सबै विषयमा छलफल भएपनि कुनै पनि निर्णय नभइ भोलि सोमबार पुनः वार्ता गर्ने गरी आजको वार्ता सकिएको बैठकमा सहभागी एक नेताले भने ।

उनका अनुसार, सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् ।

आजको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*