सांसद छन्त्यालको निधनप्रति काँग्रेस बागमती प्रदेशद्वारा दुःख व्यक्त

तु खबर संवाददाता
२०७७ असार १७, बुधबार १६:००

मकवानपुर । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस नेतृ ज्ञानकुमारी छन्त्यालको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ ।

संसदीय दलका सचिव निमा लामाद्वारा शोक विज्ञप्ति जारी गर्दै नेतृ छन्त्यालको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको जनाइन् ।

विज्ञप्तिमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा छन्त्याल एक राजनैतिक व्यक्तित्वमात्रै नभई सामाजिक व्यक्तित्व रहेको विज्ञप्तिमा जनाइएको छ ।

२०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई राजनीतिक यात्रा शुरु गर्नु भएकी छन्त्यालले २०७० सालमा प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य र २०७४ सालमा समानुपातिक समावेशी प्रणालीबाट निर्वाचित प्रतिनिधिसभाको सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*