काँग्रेस परित्याग गरी नेकपामा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा केही युवाहरुले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
आईतबार हेटौँडा-१२ चारघरेमा भएको पार्टी प्रवेश कार्यक्रममा त्यहाँका २३ जना युवाहरुले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दै नेकपामा प्रवेश गरेका हुन् ।
नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुमन वाईबा, सुन्दर स्याङ्तान, दिनेश वाईबा, राजन भोम्जन, विजय स्याङ्तान, प्रेम थिङ लगायतका युवाहरु नेकपामा प्रवेश गरेकोहेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले जानकारी दिएका छन् ।
पार्टीमा प्रवेश गरेका युवाहरुलाई प्रमुख अतिथि रानाले स्वागत गरेका छन् ।
कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष मनोज वाईबा लगायतको सहभागिता रहेको थियो ।
