नेकपा स्थायी कमिटी बैठक दुई दिन पर सर्यो

तु खबर संवाददाता
२०७७ असार १३, शनिबार १८:१७
file photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक सरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार (आज) नेकपा बैठक आगामी असार १६ गतेसम्मका लागि सरेको जानकारी दिए ।

उनका अनुसार भोलि १३ गते मदन स्मृति दिवस र पर्सी १५ गते दही चिउरा खाने दिन परेकाले बैठक दुई दिन पर सरेको हो ।

आजको बैठकमा सीमा विवादबारे छलफल भएको थियो । बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा एकमत रहेको थियो । उनीहरुले वार्ताका लागि नेपाल सरकारले अधिकतम पहल गर्नुपर्नेमा जोड दिएको थियो ।

आजको स्थायी कमिटी बैठकमा भने प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको केहीबेर उपस्थिति रहेको थियो । बैठकमा सहभागी भएपनि स्वास्थ्यमा समस्या आएको जानकारी गराउँदै उनी फर्किएका थिए । उनी यसअघि शुक्रबारको बैठकमा सहभागी भएका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*