नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन् ।
शुक्रबार बैठक सञ्चालन गर्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका अध्यक्ष ओलीले आफू नआउनेबारे जानकारी गराएको एक नेताले भन्यो ।
प्रधानमन्त्री ओलीले आफु अरु कुनै काममा व्यस्त भएको र स्थायी कमिटी बैठकमा आउन समय लाग्ने भएकोले बैठक अर्का अध्यक्ष प्रचण्डलाई चलाउनु भनेका रहेछन् । सो कुरा प्रचण्डले बैठकमा जानकारी गराए । ती नेताले भने ।
यसअघि बुधबार सुरू भएको बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डले आ–आफ्ना धारणा राखेका थिए ।
आजको बैठकमा अन्य स्थायी समिति सदस्यले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।
