नवराज शर्मासहित मकवानपुरका ७ जना पत्रकार पुरस्कृत

तु खबर संवाददाता
२०७७ असार १०, बुधबार १२:०३

मकवानपुर । मकवानपुरका अग्रज पत्रकार नवराज शर्मासहित ७ जना पत्रकारलाई हेटौँडा उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

उपमहानगरपालिकाको आज बसेको सातौँ नगरसभा बैठकमा मकवानपुरका ७ जना पत्रकारलाई नगदसहित सम्मान गरिएको हो ।

अग्रज पत्रकार शर्मालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रज पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् । उनलाई नगद रु १७ हजारसहित प्रशंसापत्र प्रदान गरिएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महत र उपप्रमुख मिना कुमारी लामाले क्रमश विकास पत्रकारिता पुरस्कारतर्फ सुदिप शिवाकोटी, सुवास बिडारी सरिता दाहाल, प्रकाश दाहाल, कृष्णउदास खनाल र सुरेश श्रेष्ठलाई पुरस्कृत गरेका हुन् ।

उनीहरुलाई नगद रु १३ हजार ५ सय र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

तस्बिर : पत्रकार राजन दाहालको फेसबुकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*