आज अपराह्न ४ बजेको लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ ।
नेकपा सचिवालयको आज आइतबार अपराह्न ४ बजेको लागि तय भएको बैठक फेरी स्थगित भएको हो ।
आज बस्ने भनिएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे छलफल गर्ने तय भएको थियो । तर अन्तिम समयमा बैठक नै स्थगित भएको हो ।
आज हुने भनिएको बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको थियो ।
एमसीसीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्र मतभेद छ ।
