संसदमा विभाजन घण्टी बजाइयो, केही छिनमा मतदान हुँदै
काठमाडौँ । संसदमा प्रस्तुत भएको संविधान संसोधन विधयकमाथिको मतदान केहीबेरमा सुरु हुँदैछ । सभामुख अग्नी प्रसाद सापकोटाले भर्खरै संसदमा विभाजन घण्टी बजाउने आदेश दिएका छन् ।
लिम्पियाधुरासमेत समेटेर जारी गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा निसान छापमा राख्नको लागि संसदमा संविधान संसोधन प्रस्ताव दर्ता गरिएको थियो ।
सो प्रस्ताव पारित गर्ने वा नगर्ने सम्बन्धमा मतदान हुन लागेको हो ।
यसअघि विभिन्न दलका नेताहरुले संविधान संसाधनको पक्षमा आआफ्नो धारणा राखेका थिए ।
