राष्ट्रहितका विषयमा समर्थन रहन्छ – काँग्रेस सभापति देउवा

तु खबर संवाददाता
२०७७ जेष्ठ ३१, शनिबार १४:५०
file-photo

मकवानपुर । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् ।

सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले प्रष्ट पारे ।

उनले लिम्पियाधुरासहितको जमिन नेपालकै भएकोले फिर्ता ल्याउनुपर्ने बताए ।

उनले लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*