राष्ट्रियसभा अध्यक्षद्वारा चैतसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा

तु खबर संवाददाता
२०७७ जेष्ठ २२, बिहीबार १५:५३
file-photo

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले बिहीबार संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखी २०७७ जेठ २२ गतेदेखि चैत मसान्तसम्म राष्ट्रियसभाको बैठकभत्ता र भ्रमण गर्दा पाइने भत्ता नलिने घोषणा गरेका हुन् ।

उनले भत्तावापतको रकम सरकारी राजस्व खातामा जम्मा गरिदिन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*