बिहिबार सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ आश्विन २, बिहीबार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख १६ हजार १०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदी मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला दुई हजार ५२० रुपैयाँ पुगेको हो ।