लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज बिहिबार अपरान्ह ४ बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बस्ने भएको हो ।
आज बस्ने मन्त्रीपरिषद् बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ ।
लकडाउनले गर्दा आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै पछिल्लो समय लकडाउन अवज्ञा गर्नेको संख्या बढिहरको छ ।
नेपालमा गत चैत्र ११ गतेदेखि लकडाउन जारी छ । लकडाउन जारी रहे पनि नेपालमा कोरोना संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ ।
