डा. गोविन्द केसीको दुई दिने अनसन सुरु

तु खबर संवाददाता
२०७७ जेष्ठ २०, मंगलवार १३:५३
file-photo

डोटी । डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् ।

डा. केसीले सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा १८ औं अनसन सुरु गरेका हुन् ।

यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका उनले यसपटक भने सीमा सुरक्षाको बिषयलाई जोड दिँदै अनसन बसेका हुन् ।

उनी आज र भोली अनसन बस्नेछन् ।

उनले दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने मागराखेका छन् ।

डा. केसीले यसअघि गत कात्तिक १८ गतेदेखि डडेल्धुरा जिल्ला सदरमुकाममा १७ औं पटक अनसन बसेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*