नेपालको भूमि फिर्ता ल्याएरै छाड्छौँ –प्रधानमन्त्री ओली
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय तमासा नभएको बताएका छन् ।
उनले नेपालको गुमेको भू– फिर्ता ल्याई छाड्ने बताएका छन् ।
सरकारले नीति तथा कार्यक्रममा पनि नयाँ नक्सा जारी गर्ने निर्णय गरिसकेको छ । त्यसअनुसार सोमबार मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पारित समेत गरेको छ ।
सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए । ‘यसको निष्कर्ष निकालिन्छ । हाम्रो भूगाग फिर्ता लिइछोड्छौं’ उनले भने ।
विवादास्पद भनिए पनि यो नेपाली भूभाग भएको र त्यहाँ नेपालले अर्घेल्याई पनि नगरेको उनले बताए ।
