गरिबीका कारण कोही पनि भोकले मर्दैनः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालमा गरिबीको कारणले कोही पनि भोकले नमर्ने बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताएकी हुन् ।
उनले श्रम गर्न नसक्ने अपांग तथा अशक्त नागरिकलाई सामाजिक संरक्षणको व्यवस्था गरिने बताइन् ।
गरिबी अन्त्यको लागि सरकारले रोजगारी र आर्यआर्जनको विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताइन् ।