विप्लव नेतृत्वको नेकपाद्वारा मोदीको पुत्ला दहन

विप्लव नेतृत्वको नेकपा मकवानपुरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुत्ला दहन गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ र मनहरी गाउँपालिका वडा नं. ३ मा विप्लव नेतृत्वको पार्टीले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो ।
भारतीय हस्तक्षपको विरुद्ध, नेपाली जमीन मिचेर भारतले सडक निर्माण गरेको भन्दै सो पार्टीले पुत्ला दहन गरेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
सो पार्टीको गोप्य स्रोतले तु खबरलाई दिएको जानकारी अनुसार, आज साँझ ६ बजेतिर मोदीको पुत्ला दहन गरिएको हो ।