युएईमा एकैदिन २२ नेपाली महिलामा कोरोना संक्रमणको पुष्टि

तु खबर संवाददाता
२०७७ बैशाख २७, शनिबार १४:१६
filr-photo

युएईको शारहजामा एकै दिन २२ नेपाली महिला कामदारहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड–१९ पोजिटिभ देखिएको थियो।
जसमध्ये २२ जना नेपाली महिला कामदार रहेका छन् ।

संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत छन्।

दुबईमा मात्र अहिलेसम्म ४४ जना नेपाली संक्रमित भएका छन् । जसमध्ये १२ जना उपचार पछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बाँकी ३२ जना भने ५ जना कम्पनी क्वारेन्टाइनमा, २ जनाले आफ्नै निवासको सेल्फ क्वारेन्टाइनमा र २५ जनाले दुबई सरकारको क्वारेन्टाइनमा स्वास्थलाभ गरिरहेका छन्।

क्युआरएफले दुबई सरकारको क्वारेन्टाइनमा पठाउन सिफारिस गरेकोहरुको स्थानान्तरण दर शतप्रतिशत भएको बताउँदै शेर्पाले क्युआरएफमा जानकारी आएको बढीमा ७२ घन्टा भित्र दुबई सरकारले खाली ठाउँ हेरि संक्रमितहरुलाई स्थानान्तरण गरेको बताए।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, हालसम्म युएईका सबै राज्यमा गरी एक सय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् ।

जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*