तौल कम भएको चामल बेच्ने मणि खाद्यन्नलाई के कारवाही होला ?
मकवानपुर / हिजो क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको टोलीले बजार अनुगमनका क्रममा मणि खाद्यन्न सेन्टरले कम तौल भएको चामल विक्र गरेको खुलेपछि पसलमा सिल गरिएको छ ।
अनुगमन कार्यमा व्यापक अवरोध गरिएपनि अन्ततः उनको पसल सिल गरिएको हो ।
साथै उसले अनुगमन टोली तौल लिई छुट्याएर राखेको बोरा काटेर प्रमाण नष्ट समेत गरेको छ । २५ केजीको जगत ब्राण्डको चामलमा अधिकतम् आधा किलोसम्म कम भएको फेला परेपछि कारवाहीबाट बच्न सेन्टरका संचालक तथा मकवानपुर उद्योग बाणिज्य संघका सचिव काब्यमणि अधिकारीले चामलको बोरा समेत नष्ट गरेपछि सोही ब्यहोराका मुचुल्का तयार गरेर अनुगमन टोलीले पसलमा सिल लगाएर फर्किएको छ ।
हेर्नुहोस् समाचार
- हेटौंडाको मणि खाद्यान्न सेन्टरमा अनुगमन, २५ केजीको जगत चामलमा आधा केजीसम्म कम, उपभोक्तामाथि ठगी गरिएको पुष्टि
- फलोअप – मकवानपुर उद्योग वाणिज्य संघका सचिव काब्यमणि अधिकारीको पसलमा अनुगमन टोली पुगेपछि के भयो ?
अब कम तौलको चामल बेचेर उपभोक्ता ठग्ने मणि खाद्यन्न सेन्टरलाई कस्तो कारवाही हुन्छ भनेर सर्वत्र चासो व्यक्त हुन थालेको छ ।
अनुगमन टोलीले बोरा खोल्न प्रयोग गरिने ब्लेड, सिलाउने सिलाई मेसिन समेत सो पसलमा फेला पारेपनि त्यसलाई जफत नगरी फर्किएपछि कसूर अनुसार प्रयाप्त कारवाही हुनेमा शंका व्यक्त गर्न थालिएको छ ।
यद्यपी, मकवानपुरका सीडिओ दीपकराज नेपालले अनुगमन टोलीको प्रतिवेदन अनुसार कम तौल भएको चामल बेचेर उपभोक्ता ठगी गर्ने मणि खाद्यन्न सेन्टरमाथि कानून अनुसार कारवाही हुने जानकारी तु खबरलाई दिएका छन् ।
अनुगमन टोली सर्जिमिन लेख्न व्यस्त भएका बेला कामदार प्रयोग गरेर संचालक अधिकारीले बोरा काटेर प्रमाण नष्ट गरेका थिए ।
हेर्नुहोस् समाचार
कानून अनुसार, सो सेन्टरका संचालकलाई ३ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ४ को दफा १६ को उपदफा २ (क) अनुसार यस्ता कसूर गरेमा २ लाख देखि ३ लाख रुपैया सम्म तत्काल जरिवाना हुने व्यवस्था छ । यस विषयमा अनुगमन टोली कै अगाडी शील खोलेर प्रमाण नष्ट गर्न उद्दत हुनु फौजदारी आचारसंहिता विपरितको कार्य भएकोले यस्ता कार्य गर्नेलाई हदैसम्मको सजाय हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा अनुगमन टोलीका सदस्य बासुप्रसाद खतिवडाले बताएका छन् ।
