अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ५५ हजार नाघेको छ ।
नेपाली समय अनुसार सोमबार बिहान ९ बजेसम्मको तथ्यांकमा अमेरिकामा ५५ हजार ४ सय १३ जनाले ज्यान गुमाएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा २ लाख ६ हजार ५ सय ४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
विश्वमा संक्रमितको संख्या भने २९ लाख ७१ हजार ४ सय ७७ जना पुगेको छ ।
विश्वभर उपचारपछि निको भएर घर फर्किनेको संख्या ८ लाख ६५ हजार ७ सय ३३ पुगेको छ ।
