कोरोना अपडेट– संक्रमितको संख्या २९ लाख नाघ्यो
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या विश्वभर २९ लाख नाघेको छ ।
नेपाली समय अनुसार दिउसो साढे २ बजेसम्म संक्रमित हुनेको संख्या २९ लाख ४ सय २२ नाघेको हो ।
त्यस्तै कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३ हजार ५५ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २ सय ६४ जनाको मृत्यु भएको छ ।
तर नेपालमा भने हालसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन् । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने १६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
विश्वमा ८ लाख २२ हजार ६ सय ७६ जना मानिस निको भएर घर फर्किसकेका छन्।
