कोरोनाका कारण विश्वभर १ लाख ९७ हजार भन्दा बढीको मृत्यु
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट विश्वभर १ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, नेपाली समयअनुसार शनिबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकाको ५२ हजार २ सय १७ जनासहित विश्वभर १ लाख ९७ हजारको मृत्यु भएको हो ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९ सय ६९ जना, स्पेनमा २२ हजार ५ सय २४ जना, फ्रान्समा २२ हजार २ सय ४५, बेलायतमा १९ हजार ५ सय ६ जना, बेल्जियममा ६ हजार ६ सय ७९ जना, जर्मनीमा ५ हजार ७ सय ६० जना, नेदरल्यान्ड्समा ४ हजार २ सय ८९ जना, स्वीडेनमा २ हजार १ सय ५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५ सय ८९ जना, रसियामा ६ सय १५ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ५ सय ७४ जना, चीनमा ४ हजार ६ सय ३२ जना, ब्राजिलमा ३ हजार ७ सय ४ जना, मेक्सिकोमा १ हजार २ सय २१ जना, भारतमा ७ सय ७५, इन्डोनेसियामा ६ सय ८९ जना र इक्वेडरमा ५ सय ७६ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोरोना भाइरसबाट २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । एजेन्सी
