प्रदेश प्रमुख प्रसाईलाई हेटौँडामा स्वागत

तु खबर संवाददाता
२०७६ कार्तिक २०, बुधबार १७:५९

हेटौँडा,२० कात्तिक । नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई आज प्रदेश प्रमुखको कार्यालय हेटौँडामा स्वागत गरिएको छ ।

प्रदेश प्रमुख प्रसाईलाई प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामजिक विकास मन्त्री युवराज दुलालसहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्वागत गरेको हो ।

स्वागत पश्चात उनले आजै पदभार समेत ग्रहण गरेका छन् । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल आजैमात्र काठमाण्डौ गएकोले सो कार्यक्रममा अनुस्थित रहेका थिए ।

सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेर सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । जसअनुसार, विष्णुप्रसाद प्रसाईंलाई प्रदेश ३ को प्रदेश प्रमुखमा नियुक्त भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*