पत्रकार पुडासैनी धम्क्याउने घिमिरेलाई गाउँपालिका अध्यक्षको साथ , पक्राउ गर्न पुगेको प्रहरी फर्कियो

मकवानपुर ३१ असार । तु खबर डटकमका पत्रकार बलराम पुडासैनीलाई समाचार प्रकाशनको विषयमा असन्तुष्टी जनाउँदै अश्लिन गाली गलौजसहित धक्की दिएका स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेलाई पक्राउ गर्न पुगेको प्रहरी बिच बाटोबाटै फर्किएको छ ।
धम्की आएको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार पुडासैनीले मौखिक उजुरी दिएपछि इलाका प्रहरी कार्यालय गढीबाट खटिएको प्रहरी टोली मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको दवावपछि फर्किएको हो ।
नेकपाका कार्यकर्ता समेत रहेका उपभोक्ता समितिका अध्यक्ष घिमिरेलाई पक्राउ गर्न पुगेको प्रहरीलाई गाउँपालिका अध्यक्ष हुमागाईले दबाब दिएपछि प्रहरी फर्किएको हो ।
गाउँपालिका अध्यक्ष हुमागाईले मकवानपुरका प्रहरी प्रमुख उपरिक्षक मुकेश कुमार सिंहलाई फोन सम्पर्क गरी तत्काल पक्राउ नगर्न दबाब दिएपछि प्रहरीले उपभोक्ता समितिका अध्यक्ष घिमिरेलाई पक्राउ नगरी फर्कियो ।
यसबारे गाउँपालिकाका अध्यक्ष हुमागाईले आफुले प्रहरीलाई तत्काल पक्राउ नगर्न अनुरोध गरेको स्वीकार गरे । उनले भोली विहान जिल्ला प्रहरी कार्यालयमा हाजिर गराउने भन्दै उपभोक्ता समितिका अध्यक्ष घिमिरेलाई कडा कारबाही हुनुपर्ने बताए ।
मकवानपुरका प्रहरी प्रमुख सिंहले भने आफुलाई दबाब नआएको तर गाउपाँलिकाको अध्यक्षले फोन गरी आज पक्राउ नगर्न अनुरोध गरेको र त्यसै अनुसार पक्राउ नगरिएको तर भोली बिहानै उनलाई पक्राउ गरी कानूनी कारबाही गरिने जानकारी दिए ।
यो पनि पढ्नुहोस् ।
- गढी गाउँपालिकाको स्ल्याब ढलान अपडेट – समाचार प्रकाशनपछि समितिका अध्यक्षको पत्रकारलाई धम्की
- मकवानपुरगढीमा असारे विकास – महिना दिन नवित्दै भत्कियो स्ल्याब