रोल्पाका विद्यार्थीलाई पढ्न जान यस्तो सास्ती

तु खबर संवाददाता
२०७५ श्रावण १९, शनिबार १४:३४
File Photo

रोल्पा, १९ साउन । विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् ।
विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ ।

विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका कारण यतिबेला सदरमुकाममा रहेका कोचीङ सेन्टर भरिभराउ देखिएका छन् । जिल्ला सदरमुकाममा सञ्चालित चार कोचीङ सेन्टरले बिहानी तथा दिवा कक्षामा सयौँ विद्यार्थीलाई पढाइ रहेका छन् ।

वर्षे बिदाको खाली समय बिताउन सजिलो हुने थप ज्ञान पनि आर्जन हुने भएकाले गाउँबाट ट्यूशन पढ्न सदरमुकाम आएको परिवर्तन गाउँपालिका इरिवाङकी दीक्षा डाँगीले बताईन् । विद्यालयमा पढाएको बुझ्न गाह्रो भएकाले सदरमुकाम आइ ट्यूशन पढ्न बाध्य भएको त्रिवेणी गाउँपालिका गैरीगाउँकी जीतकुमारी डाँगीको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*