खाद्य सम्बन्धी मुद्धामा मकवानपुर एक नम्बर, बारा दुई नम्बर
हेटौँडा, १९ साउन । क्षेत्रीय प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्य पदार्थमा प्रतिकुल देखिएका १ सय १९ उत्पादनविरुद्ध मुद्धा दर्ता गरेको छ । मध्यमाञ्चलका ९ जिल्लामा बजार अनुगमनका क्रममा खाद्य पदार्थमा प्रतिकुल देखिएका व्यवसायी विरुद्ध मुद्धा दायर गरिएको हो । आजको हेटौँडा सन्देशमा समाचार छ ।
कार्यालयले तेस्रो चौमासिक समिक्षा तथा वार्षिक गोष्ठिका अवसरमा यस बारे जानकारी दिएको हो । एक वर्ष अवधिमा सबैभन्दा बढी मकवानपुर र त्यसपछि बारामा बढी मुद्धा परेको छ । सबभन्दा बढी तेल तथा घिउ जन्य पदार्थमा ३४ वटा मुद्धा परेका छन् ।
