बारा प्रहरीद्वारा ७५ किलो मरीच बरामद

तु खबर संवाददाता
२०७५ श्रावण १३, आईतवार १४:२५

बारा १३ साउन । बिश्रामपुर गाउँपालिका १ खेखरीया टोलबाट करीब १ लाख रुपैयाँ बराबरको करिब ७५ किलो कालो मरीच शनिबार प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँमा खटिएको गस्ती टोलीलाई देख्नासाथ तस्करहरुले भारततर्फ चोरी निकासी गरी लैजान लागेको उक्त मरिच फालेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*