बकैयाकी जानुका खड्का किन भईन् मालपोत कार्यालय हेटौंडामा बेहोस ?

तु खबर संवाददाता
२०७५ श्रावण १३, आईतवार ०८:४५

मकवानपुर १३ साउन । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ३ जलजलेकी जानुका खड्का शुक्रबार दिउँसो मालपोत कार्यालय मकवानपुरमा बेहोस भईन, भुकम्पपीडित उनी नँया धर बनाउन सरकारले दिने अनुदान रकमका लागि त्यहा पुग्दा आफ्नो नाममा रहेको जग्गा बिक्रि भईसकेको थाहा पाईन् ।

नातिको साहारामा बस्दै आएकी उनले आफ्नो नाममा रहेको नौ कट्टा नौ धुर गग्गा असार ६ गते नै हेटौंडा ४ स्तिथ सानुमाया मानन्धरको नाममा बिक्रि भईसकेको लिखत देखिन् ।
छोरा नारायण खड्काले नक्कली आमा बनाएर मानन्धरलाई जग्गा बिक्रि गरेको मालपोल कार्यालयको लिखत हेरेपछि उनले आफुलाई सम्हाल्न सकिनन् ।

आफ्नो भागको अंश लिएर छुट्टै बस्दै आएका कान्छा छोरा नारायणले २९ लाख रुपैँया थैली कायम गरी जम्मा १० लाख रुपैंयामा मानन्धरलाई जग्गा बिक्रि गरेको मालपोत कार्यालयको तथ्याङक छ ।

बैंकमा काम छ भन्दै छोराले मेरो नागरिकता र लालपुर्जा लिएर गएको थियो तर मैंले जग्जा नै बेचिदेला भन्ने सोचिन उनले भनिन् ।

आजको साझाकुरा राष्ट्रिय दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*