मगर संघ हेटौंडामा नयाँ नेतृत्व

तु खबर संवाददाता
२०७५ श्रावण १३, आईतवार ०८:५३

मकवानपुर १३ साउन । नेपाल मगर संघ हेटौंडा उपमहानगरक कमिटिको पाँचौ सम्मेलन शनिबार हेटौंडामा भएको छ । नेपाल मगर संघ मकवानपुरका अध्यक्ष शंकर थापा मगरको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तिर्थ थापा मगर, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर, नेपाल मगर संघ मकवानपुरका निवर्तमान अध्यक्ष दुधराज थापा मगर, पूर्व केन्द्रीय सदस्य कुश थापा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष कृष्ण सारु मगर, नेपाल मगर संघका जिल्ला सल्लाहकार सान्तध्वज राना मगर, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य उर्मिला राना मगर लगायतको आतिथ्यता रहेको थियो ।

उपमहानगरमा नयाँ नेतृत्व
पाँचौ सम्मेलनले भरत ठाडा मगरको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष राजाराम थापा मगर, सचिव उमेश थापा मगर, सह सचिव कालुराम दर्लामी मगर र कोषाध्यक्ष सिता थापा मगर रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*