तिब्र गतिको कार सडक डिभाइडरमा ठोक्किएर एक जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १४:०२
File Photo

भक्तपुर, ०९ साउन । तिव्र गतिमा कुदिरहेको कार सडक डिभाइडरमा ठोक्किर एक जनाको ज्यान गएको छ । गएराति भक्तपुरमा भएको सवारी दुर्घटनामा कार चालक ४७ वर्षीय रमेशराज राउतको मृत्यू भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ३ जना घाइते समेत भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा राउतको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कारमा सवार रमेशराजका छोरा १८ वर्षीय रवीन राउतको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

सोही समयमा बा ४६ प १५५२ नम्बरको मोटरसाइकलले दुर्घटना भएको कारलाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय विष्णुबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बसेका रामेछाप घर भएका ३३ वर्षीय राजन श्रेष्ठसमेत घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*