राजस्व छलेर ल्याइएका कपडासहित हेटौँडाबाट २ जना पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ ३,बिहीबार २०:१६
Pic : Dainik Nepal

मकवानपुर, ३ जेठ । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सडकमा कर छली गरी ल्याइएका कपडासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ९ बस्ने ५० वर्षीया माईली गोले र सोही स्थानमा बस्ने ३० वर्षीया पूर्णिमा लामालाई नियन्त्रणमा लिएको हो ।

हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ७१६९ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा करिब १ एक लाख ४८ हजार ७ सय ५३ रुपैयाँ मूल्य पर्ने पर्ने बिभिन्न किसिमका कुर्ता सुरुवाल लगायतका कपडाहरु फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएका कपडासहित दुबै जनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगन्ज पर्सामा पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*