पत्रकार महासंघ प्रदेश निर्वाचन सकियो, मकवानपुरमा १ सय ४ मत खस्यो

तु खबर संवाददाता
२०७५ बैशाख २२, शनिबार १५:५९

हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को निर्वाचन शान्तिपूर्वक सकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन ४ बजे सकिएको हो । यसैबिच प्रदेश नम्बर ३ को मकवानपुरमा जम्मा १०४ मत खसेको मतदानस्थलबाट सहकर्मी गणेश दुलाल र बलराम पुडासैनीले जानकारी दिएका छन् ।

जम्मा ११८ जना मतदाता रहेको मकवानपुरमा १ सय ३ मत मात्र खसेको हो । मतदान सकिएसँगै मतगणना केही बेरमा सुरु गरिने निर्वाचन अधिकृत नवराज शर्माले जानकारी दिएका छन् । अन्य १० जिल्लाको समेत मतदानको नतिजा केही समयमा आउने अनुमान गरिएको छ । निर्वाचनमा कुल १२८४ मतदाता रहेका थिए । कुल १ हजार २ सय ८४ मतदाता मध्ये १ हजार ४ पुरुष र २ सय ८० महिला पत्रकार रहेको थियो । निर्वाचनमा सबैभन्दा बढी मतदाता चितवनमा २४० जना रहेका थिए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ३ मा अध्यक्ष पदको लागि मात्र निर्वाचन भएको हो । अध्यक्ष बाहेकका सबै पदमा तीन संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनका साझा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । तर उनीहरुको विजयी घोषणा हुन भने बाँकी छ । अध्यक्ष पदको लागि भने ३ संगठनका साझा उम्मेदवार प्रताप विष्ट र स्वतन्त्र उम्मेदवार गिरिजाप्रसाद अधिकारीबीच प्रतिष्पर्धा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*