उपमहानगरपालिकामा स्टाफ मिटिङ नहुँदा समन्वय अभाव
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा स्टाफ मिटिङ नै हुन छोडेको छ । उपमहानगरपालिकामा स्टाफ मिटिङ नभएको करीव १ बर्ष पुग्न लागेको बताइएको छ । मेयर हरिबोल महतले भटाभट दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेपछि कर्मचारीबीच कामको समन्वय अभाव भइरहेको छ । यस्तो बेला कर्मचारीहरुको मिटिङ राख्ने, जटिलताहरु के के छन्, त्यसमा सहजीकरण गर्ने, कर्मचारीको समस्या र कामको उचित व्यवस्थापन गर्ने काममा मेयरले ध्यान दिन सकेका छैनन ।
निर्वाचित जनप्रतिनिधिहरु आएपनि कर्मचारी प्रशासन र जनताका काम छिटोछरितो हुने विश्वास गरिएको भएपनि निर्वाचित प्रतिनिधि पूरै अलमलमा देखिन्छन् । यसअघि कर्मचारीले कार्यालय चलाउँदा आवश्यकता अनुसार २ ३ महिनामा एक पटक स्टाफ मिटिङ हुने गरेको थियो । तर, जनप्रतिनिधि आएपछि स्टाफ मिटिङ हुनै छाडेको छ ।
उपमहानगरपालिका प्रबन्धक डा. शंकर उपाध्यायले स्टाफ मिटिङ राख्नै पर्ने बाध्यता कानूनी रुपमा नरहेको बताए । राजनीतिक नेतृत्व आइसकेपछि उहाँहरुको निर्देशन अनुसार काम गर्ने भएकाले उहाँहरुले यसको आवश्यकता महसुस नगर्नु भएको हुनसक्छ, उपाध्यायले तु खबरसँग भने ।
यो पनि पढ्नुहोस् :
– हेटौँडा उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीको ठेलमठेल (भिडियो सहित)
– केन्द्रको अधिकार अब जनताको घरघरमा : शंकर उपाध्याय, प्रबन्धक हेटौंडा उपमहानगरपालिका
– मेयर सा’ब : तपाईँ कता, डम्पिङ साईड यता ?
– तु खबर समाचार प्रभाव : मेयर महतको नेतृत्वमा बसपार्क क्षेत्रमा नाक थुन्दै अनुगमन (भिडियो सहित)
