हेटौँडा उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीको ठेलमठेल (भिडियो सहित)

२०७४ चैत्र २३,शुक्रबार १४:१२
Featured Video Play Icon

–बलराम पुडासैनी
हेटौँडा, २३ चैत । हेटौँडा उपमहानगरपालिकाको कार्यालय सेवाग्राहीमैत्री हुनुपर्नेमा आजभोलि सकसपुर्ण बन्न थालेको छ । सामान्य काम लिएर आएका सर्वसाधारणहरु दिनैभरी ठेलमठेल गरेर बसीरहेका हुन्छन् । साथै केहि कामको प्रक्रियाको बारेमा अत्तोपत्तो नभएर कार्यालयमा फनफनी घुमीरहेका देखिन्छन् । त्यसोत हालसालै हेउनपामा पुग्ने जो सुकै सेवाग्राही पनि दिक्क मान्न थालेका छन् ।

सर्वसाधारणलाई कामको प्रक्रिया सम्बन्धी पर्याप्त जानकारी त छैन नै जानकारी भएकाहरुपनि उपमहानगरपालिकाको तल्लो तल्ला र माथिल्लो तल्ला चाहार्दैमा दिक्क हुन्छन् । एउटा सामान्य सिफारिसका लागि एक जना सेवाग्राही पटकौँ चोटी तलमाथि गरिरहनुपर्छ । शारीरिक रुपमा स्वस्थ मानिसलाई त तलमाथि गर्दा भाउन्न छुट्छ भने अपाङ्ग, असक्त र वृद्धवृद्धालाई तलमाथि गर्न कम्ती सकस छैन । भनेको बेला कर्मचारी कुर्सीमा नभेटिने भएपछि सेवाग्राही झनै तनावमा पर्ने गरेका छन् ।

आजभोलि घरको नक्सा पास गर्नको लागि उपमहानगरपालिकामा सर्वसाधारणको भिड लाग्न थालेको छ । भुकम्पमा परेका घरहरुको काम अझैं बढीमात्रामा आउने गरेको छ । तर महिनौंसम्म उपमहानगरपालिका धाँउदा पनि काम नबनेको भन्दै सर्वसाधारण भने पटक्कै सन्तुष्ट देखिदैंनन् ।

त्यसैगरी केहि कामहरु कर्मचारीको कारण पनि ढिलासुस्ती हुने गरेको छ । उपमहानगरपालिकाको सबै कर्मचारी खराब छैनन् । तर, केही कर्मचारीका कारण उपमहानगरपालिका दिनदिनै बद्नाम हुँदै गइरहेको छ । जनप्रतिनिधि आईसकेपछि पनि उपनहानगरपालिकाको कार्यशैली पुरानै गतिमा चलिरहेको छ ।

कर्मचारीहरुले सर्वसाधारणसंग गर्ने व्यवहारमा हामी भन्दा ठूला कोही पनि छैनन् भन्ने मनोभावना र व्यवहार देखिएको सेवाग्राहीहरुको गुनासो छ । समयमा नआउने, आएपनि पटकपटक बाहिर निस्किरहने, हाजिर गरेर अन्य काम गर्ने कर्मचारीमाथि पनि निगरानी बढाउनु पर्ने माग सेवाग्राहीको छ । उता, फाइल सही गराउँदा सेवाग्राहीले पाना पल्टाइदिनुपर्ने समेत सेवाग्राहीहरुको गुनासो छ ।

यस्तो बेतिथि कार्यालयमा बढ्दा समेत किन तपाईहरुले व्यवस्थापनतर्फ र सेवाग्राहीको सहजता तर्फ चासो नदेखाउनुभएको भन्ने तु खबरको प्रश्नमा हेटौंडा उपनहानगपालिकाका सुचना अधिकारी शंकर उपाध्यायले आफु कार्यालय व्यवस्थापनको लागि लागीपरीरहेको बताए । उनले पछिल्लो समय भुकम्मको किस्ता आउने बेला भएको कारण काम अत्याधिक भएकोले अलि अप्ठ्यारो भएको बताए । पर्याप्त स्थायी कर्मचारी र प्राविधिक नहुनु अस्थायी कर्मचारीको भरमा काम गर्नुपरेको कारण केहि समस्या भएको उनले जानकारी दिए । तर कर्मचारीलाई थप पारीश्रमीक दिएर थप काम गर्न समेत लगाएको उनले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*