प्रदेशको प्रशिक्षण भब्य बनाउन तरुण दल नगर समितिको आग्रह
मकवानपुर । नेपाल तरुण दल नगर समिति हेटौंडाले आउँदो ३ र ४ गते प्रदेश राजधानी हेटौंडामा हुन लागेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भब्य बनाउन सबैलाई आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो प्रशिक्षण कार्यक्रममा प्रदेशभरिका ३ सय ५० भन्दाबढी सहभागी हुने भन्दै सो कार्यक्रमलाई भब्यतापूर्वक सम्पन्न गर्नका निम्ति तरुण दल नगर समितिले आम कार्यकर्तालाई अपिल गरेको हो । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै तरुण दल नगर समितिले बरिष्ठ नेताहरुले प्रशिक्षण दिने र त्यसका लागि सम्पूर्ण तयारी तिब्र पारिएको समेत जनाएको छ ।
तरुण दल नगर सभापति सुनिल गिरीलगायतकाले कार्यक्रमलाई विशेष बनाउन अपिल गरेका हुन् ।
