शितलमहल चोकबाट हराईन् वृद्धा, खोजीका लागि आग्रह

तु खबर संवाददाता
२०७४ चैत्र २४, शनिबार २०:१४

मकवानपुर, २४ चैत । हेटौँडा ४ शितल महल चोकस्थित आफ्नै घरबाट ८१ वर्षीया गंगादेवी दुलाल हराएकी छिन् । आज दिउँसो मध्यान्ह १२ बजेदेखि हराएकी दुलाललाई खोजी गरिदिनका लागि उनका परिवारले आग्रह गरेका छन् ।

कलेजी रङको ढाकाको चौबन्दी चोली र आकाशे रङको बुट्टा भएको धोती लगाएकी दुलाल आफ्नो नाम समेत बताउन सक्दिनन् तर उनले छोरा रामकृष्णको नाम भने बताउन सक्छिन् । उनलाई फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय तथा मोबाईल नम्बर ९८५५०३०२१३ वा तु खबरको फोन नम्बर ०५७–५२४६९९ मा फोन गर्नको लागि आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*