मनहरिका मृतक बोटको परिवारलाई आर्थिक सहयोग

तु खबर संवाददाता
२०७४ चैत्र २४, शनिबार १८:५४

मकवानपुर २४ चैत । केही महिना अघि चितवानमा गाडीमा करेन्ट लागेर मृत्यु भएका मनहरि ७ बिजौनाका मृतक चालक परिवारलाई ५० हजार रुपैँया सहयोग गरिएको छ । मनहरि लोकाल ढुवानी ब्यबसायी संघ मनहरिले मृतक चालक साजन बोटका श्रीमति रिता तामाङलाई ५० हजार रुपैँयाको चेक हस्तानतरण गरेका थिए ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष भोलोनले संघले उपलब्ध गरेको रकमलाई आर्थिक उपार्जनको क्षेत्रमा लगानी गर्न र बालबालीकालाई राम्रो शिक्षा दिक्षा दिन आग्रह गरे । आउँदा दिनमा संघले मृतक बोट परिबारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
संघमा आबद्ध भएका सवारिका चालकहरुमा भविष्यमा केही समस्या आए त्यसलाई संघको तर्फबाट समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । मनहरि लोकल ढुवानी ब्यबसायि संघ अध्यक्ष इन्द्रकुमार भोलोनको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार द्धय पदम बहादुर तितुङ , नारायण उप्रेती लताएतको उपस्थती रहको थियो । बोटको दुई छोरी रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*